साउन ३०, २०७७ काठमाडौं : देशभर रहेका कोभिड अस्पतालका आइसियुमा ८९ र भेन्टिलेटर ४ जना संक्रमित उपचाररत छन्।
प्रदेश २ मा ४३ जना आइसियुमा, बागमतीमा ४६ र गण्डकीमा १ जना रहेका छन्। बागमती प्रदेशमा ४ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।