गुल्मीका पहिरो पीडितलाई सहयोग

0
600

टोपलाल अर्याल
साउन ३०,२०७७ गुल्मी : गुल्मीमा गत असार १८ गतेको पहिरोका कारण बिस्थापित भएका परिवारहरुलाई राहत वितरण गरिएको छ ।

पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टको पहलमा सिभिल बैंकले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिव तीन सय घर परिवारलाई चामल वितरण गरेको हो । मुसिकोट नगरपालिकामा एक सय ७० बोरा र इस्मा गाउँपालिकामा एक सय २७ बोरा चामल वितरण गरिएको नेकपाका नेता गणेश श्रीपालीले जानकारी दिए ।

गाउँमै पुगेर प्रदेश नं ५ का बिशेषाधिकार समिति सभापति कमलराज श्रेष्ट, सांसद दिनेश पन्थी, बैकका प्रदेश ५ संयोजक किरण धमला लगायतको टोलीले राहत प्रदान गरेका थिए । पुर्व मन्त्री बिष्टले आफ्नो आग्रहलाई स्विकार गरेर पहिरो पीडित परिवारको दुखमा साथ दिने सिभिल बैंकलाई आभार प्रकट गरे । आफु केन्द्रको बिशेष कारणले जिल्ला पुग्न नसकेको बताउँदै बिष्टले बिस्थापित परिवारको बारेमा आफु चिन्तित भएको बताए । ‘अस्थायी आवासमा बसेकाहरुको तत्कालको व्यावस्थापनलाई राहत हो,’उनले भने,‘भुगर्भ बिद्को प्रतिवेदनपछि स्थायी आवासको काम गर्नेछौ ।’

बैकको सामाजिक उत्तरदायित्व अन्तरगत पुर्व मन्त्री बिष्टको पहलमा आफुहरुले पहिरोबाट बिस्थापित परिवारलाई सहयोग गर्न पाएकोमा धमलाले खुसी व्यक्त गरे । त्यस्तै लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोटका पहिरो पीडितको लागि एक सय बोरा चामल प्रदान गरेको छ । त्यस्तै मुसिकोट र इस्माका पहिरो पीडितलाई लायन्स क्लव अफ गुल्मी–काठमाण्डौ, लायन्स क्लव अफ गुल्मी–तम्घास र लायन्स क्लव अफ गुल्मी–रेसुंगाको टोलीले संयुक्त रुपमा सहयोग गरेको छ ।

टोलीले स्थानीय तहको एकद्धार नीति अनुसार इस्मा गाउँपालिकामा ४० बोरा चामल, ४० कार्टुन चाउचाउ, ८० किलो दाल, सय किलो नुन र ४० लिटर तेल प्रदान गरेको क्लवका सचिव ज्ञान बहादुर महतराले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिका वढा नं २ मा पहिरोबाट बिस्थापित परिवारलाई ४० थान त्रिपाल वितरण गरिएको महतराले बताए । क्लवका डिस्टीक एडभाइजर युवराज न्यौपाने, संस्थापक अध्यक्ष बालसिंक काउछा लगायतको टोलीले सहयोग हस्तान्तरण गरेका थिए ।

SHARE