मुसिकोट महोत्सब सकिएको ६ महिनासम्म पनि आयब्याय सार्वजनिक भएन

0
639

तिलाचन पाण्डे
साउन ३०,२०७७ गुल्मी : गत माघ १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको महोत्सबको आय ब्याय अझै सम्म पनि सार्वजनिक हुन सकेको छैन ।
जिल्लाको मुसिकोट उद्योग बाणिज्य संघले जिल्लामा रहेको धार्मिक एवम पर्यटकिय क्षेत्रको प्रचार प्रसार र स्थानीय उत्पादनको बजारीकरणका लागि भन्दै गरेको महोत्सबको आय ब्याय सार्वजनिक भएको छैन ।
महोत्सब भएको छ महिना बितिसक्दा समेत आयब्याय सार्वजनिक हुन नसक्नु र कतै रकम दुरुपयोग पो हुने होकी भन्नेमा मुसिकोटका स्थानीयहरुले आशंका ब्याक्त गर्न थालेका छन् ।
यता मुसिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यले उठनुपर्ने रकम नउठेका कारण सार्वजनिक गर्न नसकिएको जानकारी दिए । उनले नगरपालिकाबाट आउनुपर्ने १० लाख रुपैयाँ पनि नआएको र अन्य स्थानहरुबाट पनि रकम उठ्न नसकेकाले सार्वजनिक गर्न समस्या भएको बताए ।
रकम दुरुपयोग हुनेमा शंका नगर्न र कोरोना भाइरसका कारण पनि रकम उठ्नमा समस्या भएकाले आफूहरु जतिसक्दो छिटो आयब्याय बिबरण सार्वजनिक गर्ने पक्षमा रहेको शाक्यको दाबी छ ।
यता मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले नगरपालिकाले दिने भनेको रकम बाणिज्य संघको भबन बनाउने क्रममा मुल्याङकन गरेर दिने बताए । नगरपालिकाले दिने रकम भबन निर्माणको क्रममा दिने उनको दाबी छ । नगरपालिकाले रकम दिएन भनेर आयब्याय सार्वजनिक नगरिनु दुखद भएको उनले बताए ।

SHARE