गुल्मीमा पहिरोले ट्रक बगायो

0
276

साउन ३०,२०७७ गुल्मी : गुल्मीमा पहिरोले मालवाहक ट्रक बगाइदिएको छ ।
बुटवल देखि बाग्लुङको हटिया तर्फ जाँदै गरेको लु १ ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडा नं ६ को डहरे ठाडो खोलामा बिग्रिएर रोकी राखेको ट्रकलाई बिहीबार राती पहिरोले सडकबाट करिब २० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

क्षतीको बिबरण संकलन कार्य जारी रहेको र ट्रकलाई बाटोमा ल्याउने कार्यका लागि प्रहरी र स्थानीयहरु परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE