चिनी लिन घरबाट हिँडेका ब्याक्ति मृत फेला

0
305

साउन ३०,२०७७ गुल्मी :  गुल्मीमा घरबाट चिनि लिन भनी हिँडेका ब्याक्ति मृत फेला परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेका ६० बर्षिय कमान सिंह भण्डारी घरबाट करिब सात सय मिटर पर गोरेटो बाटोमा मृत फेला परेका जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
बिहीबार दिउँसो करिब तीन बजेतिर घरबाट पसलमा चिनी लिन भनी हिँडेका भण्डारी साँझ करिब ८ बजेतिर गोरेटे बाटोमा मृत फेला परेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शबलाई गुल्मी अस्पताल तम्घासमा पोष्टमार्टमका लागि ल्याइएको छ ।

SHARE