दाङमा खोलाले बगाएर महिलाको मृत्यु

0
664

साउन २९,२०७७ दाङ  : दाङमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। तुलसीपुरमा रहेको ग्वारखोलाले वगाएर उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कपुरकोट गाँउपालिका ६ जिवाङ निवासी ४२ वर्षकी तिलसरा सार्की रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्वरपालले जानकारी दिए ।
रोल्पाको रुम्टीगढी गाँउपालिका ८ बाट सल्यान घरजान भनेर हिडेकी सार्की विहिवार विहान तुल्सीपुर १८ स्थित ढोरेणीमा मृत् अवस्थामा फेला परेको प्रहरीले वताएको छ ।
शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा लगिएको हो । ।

SHARE