रमेश विश्वकर्मा
साउन २८,२०७७ गुल्मी : नेपाली काँग्रेस गुल्मीको ३० औं बैठक सम्पन्न भएको छ । नियमित बैठक अन्तर्गत बुधबार पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा ३० औं बैठक सम्पन्न भएको हो ।
बैठकमा जिल्लाको समसामयिक विषयमा छलफल गरिएको थियो । पार्टीको नयाँ कृयाशिल सदस्यता थप्ने र कृयाशिल सदस्यता नविकरण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको समिक्षा समेत गरिएको बताईएको छ । बैठकले जिल्लामा कोरोना भाइरस ९कोभिड–१९० को न्युनिकरण तथा रोकथामका लागि भएका कार्यहरु र पछिल्लो समय जिल्लामा वर्षातका कारण गएको बाढी पहिरो रोकथामका लागि भएका प्रयासहरुको बारेमा पनि छलफल गरेको सभापति श्रेष्ठले बताए ।
नेपाली काँग्रेस गुल्मीका सभापति श्रेष्ठको सभापतित्व रहेको बैठकको सञ्चलान सचिव खिलध्वज पन्थीले गरेका थिए । बैठकमा नेपाली काँग्रेस गुल्मीका पदाधिकारी सहित सम्पूर्ण सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।