
हुमाकान्त पोखरेल
साउन २८,२०७७ गुल्मी : आजकाल जन्मदिन मनाउने तरिका फेरिन थालेका छन् । कतिले जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । भने कतिपयले बृद्धाश्रम, विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुमा आफ्नो जन्मदिन मनाउने गरेका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ भाडगाउँस्थित गिता फुल्देल खत्रीले छोरीको जन्मदिनमा छोरीको लागि बीमालेख खरिद गरेकी छिन् । उनकी छोरी प्रतिष्ठा पाचौँ वसन्तमा प्रवेश गरेको अवसरमा पाचँ लाख बराबरको बीमालेख खरिद गरिदिएकी हुन् ।
१५ बर्षे बीमा योजनाको लागि खरिद गरेको उक्त योजनाको बार्षिक रकम ३५ हजार ३६ रुपैँया बचत गर्नुपर्दछ । उक्त रकममा १८ वटा प्राणघातक रोगको उपचार सुविधा पनि समावेश भएको छ । आगामी दिनमा छोरीलाई शैक्षिक यात्रामा सघाउनको लागि आफुले बीमा गरिदिएको उनको भनाई छ ।

उनले आफ्नो छोरी १५ बर्षभन्दा कम उमेरको भएकोले ‘सूर्या सुसंरक्षित बाल सावधिक जीवन बीमा योजना’ को बीमालेख खरिद गरेको बताइन् । उक्त योजनाअन्तरगत १५ बर्षभन्दा कम उमेरका बालबच्चाहरुको लागि बीमालेख खरिद गर्न सकिन्छ । उनको जन्मदिनमा कम्पनीले जन्मदिनको केक सौजन्य गरेको थियो ।
यसो गर्दा भविष्यमा उनीहरुको अध्ययन खर्चमा सहयोग पुग्ने र भविष्यमा हुने सम्भावित जोखिम कम्पनीले लिने लगायतका फाइदा हुने शाखा प्रमुख अर्जुन पोखरेलले बताए ।








