निषेधाज्ञा पालना नगर्ने ४० मोटरसाइकल कारबाहीमा

0
482
फाइल फोटो

साउन २८, २०७७ बर्दिया : बर्दियामा निषेधाज्ञाको अवज्ञा गर्ने ४० मोटरसाइकललाई प्रहरीले कारबाही गरेको छ।

निषेधाज्ञाका बेला अटेर गरेर राजमार्गमा मोटरसाइकल चलाउने उनीमाथि प्रहरीले कारवाही गरेको हो। राजमार्ग तथा बजार क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गरी मोटरसाइकल चलाउनेहरूलाई इलाका प्रहरी कार्यालय भुरीगाउँले कारबाही गरेको जनाएको छ।

मंगलबार भुरिगाउँ बजारस्थित पूर्व–पश्चिम राजमार्गमा गरिएको चेक जाँचमा निषेधाज्ञा उल्लंघन गर्ने ४० जना मोटरसाइकल चालकमाथि कारबाही गरेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी सहायक निरीक्षक कृष्ण केसीले जानकारी दिए।

SHARE