साउन २८, २०७७ रुपन्देही : रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको गएराति चार बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। उनले अस्पतालबाट डिटेल आइनसकेको बताए। छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ४ दिनअघि अस्पताल लगिएको कपिलवस्तु नगरपालिका २ का वडाअध्यक्ष रामभजन कलवारले बताए।
उनमा हिजोमात्रै कोरोना पुष्टि भएको वडाअध्यक्ष कलवारको भनाइ छ।