रामपुरमा केरा पकेट क्षेत्रको अनुगमन

0
323

सुशीला रेग्मी

साउन २७,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिकाको टोलीले वडा नं ६ मा लगाइएको केरा पकेट क्षेत्रको अनुगमन गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने, सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय, लेखा अधिकृत रेणुराम ज्ञवाली, कृषि प्राबिधिक प्रज्ज्वल केसी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।

रामपुर केरा पकेट समितिका अध्यक्ष लोकनाथ ढकाल, कृषक दिपेन्द्र भट्टराई, लोकनाथ खनाल, नारायण अर्यालले लगाउनुभएको केरा खेतीको अनुगमन भएको छ । यहाँका कृषकले अन्नबाली छाडेर केरा खेती गरेका छन् । कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा केरा पकेट कार्यक्रम संचालन भएको छ । करिव दुई सय रोपनी क्षेत्रफलमा पकेट क्षेत्रका कृषकले केरा खेती गरेका छन् । रामपुर नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ को पहिलो प्राथमिकता तरकारीमा आलु र फलफूलमा केरा खेती रहेको नगरपालिकाका प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले बताए ।
सोही अवसरमा कृषकसंग अन्र्तक्रिया कार्यक्रम भएको छ । अन्र्तक्रियामा सहभागी कृषकले केराको बजारीकरणको व्यवस्थापन गर्न नगरपालिका संग अनुरोध गरेका छन् । उत्पादन बजार नपाएको खण्डमा नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने भएको छ ।

SHARE