मुसिकोटका एक सय ६६ पसलमा अनुगमन ,अखाद्य बस्तु नष्ट

0
460

तिलाचन पाण्डे
साउन २७,२०७७ गुल्मी : मुसिकोट नगरपालिकाले नगरभित्र संचालनमा रहेका पसलहरुको अनुगमनका क्रममा अखाद्य बस्तुहरुलाई बरामद गरी नष्ट गरेको छ ।
पसलहरु अनुगनका क्रममा गुणस्तरहिन तथा म्याद नाघेका साम्रगीहरु फेला परेको र त्यी सामाग्रीहरुलाई बरामद गरी नष्ट गरिएको नगरपालिकाकी उपप्रमुख कमला शर्माले जानकारी दिइन् । नगरभित्रका एक सय ६६ पसलहरुमा अनुगमन गर्दा मुल्य सूचि नराख्ने , एउटै पसलमा धेरै प्रकारका ब्यबसायहरु संचालन गर्ने , पसलको बोर्ड नराख्ने गरेको पाइएको शर्माले बताइन् ।
अनुगमनका क्रममा फेला परेका करिब ६२ हजार बराबरको अखाद्य बस्तुहरुलाई बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा ब्यबसयीहरुलाई सचेत गराइएको र सुधार गर्नुपर्नेलाई लिखित रुपमै सुझाब दिइएको नगरपालिकाले जनाएको छ ।
उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै दोस्रो चरणको अनुगमनमा पनि सुधार नभए कारवाही गरेरै छाड्ने प्रमुख प्रशासकीय अधिकृत नबराज भण्डारीले जानकारी दिए । नगरपालिकाले बजार अनुगमन तथा ब्यबस्थापन कार्यबिधि तयार गरीसकेको र सोही अनुसार नै काम गर्ने जनाएको छ ।

SHARE