
साउन २५,२०७७ कपिलबस्तु : कपिलवस्तुका युवा व्यवसायी नारायण पौडेलले सयपत्री क्याम्पसमा जन्म दिनको अवसरमा जिल्लामा संचालित बाल गृहलाई खाद्यान्न सहयोग गरेका छन् ।
उनले १ कुइन्टल चामल , १ बोरा चिउरा , १ बोरा सोयाबिन , ५ लिटर तेल र ५ केजि दाल प्रदान गरेका हुन् ।
सो सामग्री बाल गृहका संचालक समितिका अध्यक्ष राम प्रसाद अर्याललाई हस्तान्तरण गर्दै आफ्नो जन्मदिनमा आफू सक्दो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामका लाग्ने बताए ।








