नेपाली सेनालाई भारतले दियो दशवटा भेन्टिलेटर

0
342

साउन २५, २०७७ काठमाडौं : भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ।

आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा हस्तान्तरण गरे। करिब २ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने दश वटा भेन्टिलेटर भारत सरकराले नेपाली सेनालाई उपलब्ध गराएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
यसले कोरोना उपचारमा थप सहयोग पुग्ने सेनाले जनाएको छ।

SHARE