गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

0
434

साउन २५,२०७७ गुल्मी : गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गएराती घरमै बसीराखेका मदाने गाउँपालिका वडा नं १ अग्लुङका ३९ बर्षिय कमल भण्डारीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
उनको शब पोष्टमार्टमका लागि बिजुवार प्युठानमा पठाइएको र अन्य क्षती केही नभएको प्रहरीले जनाएको छ ।

SHARE