रामकृष्ण कंडेल
२५ साउन २०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक समिक्षा संगै कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ ।
गुल्मीदरबार गाउँपालिकाले तय गरेको कार्यबिधि अनुसार गाउँपालिकाको सम्पुर्ण कार्यालयहरु संग कार्यसम्पादन सम्झौता गरि सेवालाइ अझै बढि प्रभावकारि र जनमुखि बनाउँदै सेवा प्रवाह गर्ने निर्णय गरे अनुसार प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे र स्वास्थ्य शाखा अधिकृत नारायण प्रसाद अर्याल विच कार्यसम्पादन सम्झौता गरिएको छ ।
त्यसै गरि गाउँपालिकाका ७ वटै स्वास्थ्य संस्था प्रमुखहरु संग स्वास्थ्य अधिकृत अर्यालले पनि कार्यसम्पादन सम्झौता गरेका छन । कार्यसम्पादन सम्झौतामा स्वास्थ्य सेवा प्रवाह गर्दा बिभिन्न स्वास्थ्य सुचकहरु, सुशासन , जनमुखि सेवा प्रवाहको गुणस्तरियता,अनुशासन लगाएतका मापदण्डहरु समेटिएको मुल्याङकन फारम राखिएको छ ।
समग्र आर्थिक बर्षको कार्यसम्पादन मुल्याङ्कन गरेर आर्थिक बर्षको अन्तमा उत्कृष्ट स्वास्थ्य संस्थालाइ पुरस्किृत गरिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ७ वटै स्वास्थ्य संस्थाहरुले शुक्रबार आर्थिक वर्ष २०७६र७७ मा आफ्नो संस्थाले सम्पन्न गरेका कार्यक्रमहरुको छुट्टाछुट्टै प्रगति प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्पुर्ण संस्थाको प्रतिवेदनलाइ समेटेर शनिवार स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले प्रगति प्रतिवेदन, समिक्षा, आइपरेका समस्या र समाधानका उपायहरु, स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७६र७७ मा गरेका नविनतम कार्यहरु आगामि आर्थिक वर्षमा गरिने भावि रणनिनिति सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिषेश उपस्थिति समेत रहेका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गुल्मीदरबार गाउँपालिकाको मुख्य उद्देश्य सुखि र समृद्ध गाउँपालिका सुसाशन र भष्टाचार मुक्त गाउँपालिका रहेको र यसको लागी सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका थिए ।
साथै गुल्मीदरबार गाउँपालिकाले अन्य क्षेत्रमा भन्दा स्वास्थ्य क्षेत्रमा ल्याएका नविनतम कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै पाण्डेले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेलनशिल क्षेत्र भएको बताए । स्वास्थ्यकर्मीको सानो सहयोगले बिरामीको ज्यानै बच्ने भएकोले स्वास्थ्य क्षेत्रमा आइपरेका समस्याहरुलाइ समाधान गर्न गाउँपालिका हरवखत तयार रहेको बताउँदै कोरोना भाइरस कोभिड १९ रोकथाममा खटिने सम्पुर्ण स्वास्थ्यकर्मी धन्यवाद ब्यत्त गरेका थिए ।
कार्यक्रमका सभापति तथा गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनिय प्रगति भएको र समग्र गाउँपालिकाको स्वास्थ्य अवस्था र सुधारको लागि लागिपर्ने सम्पुर्ण स्वास्थ्यकर्मीलाइ धन्यवाद दिदै आफ्नो सधै सहयोग रहिरहने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।
सोहि अवसरमा स्वास्थ्य अधिकृत अर्यालले बिगतका बर्षहरुमा गाउँपालिकाले प्रत्येक वाडमा विषेशज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य आमा समुह पुर्नरजागरण, गर्भवतिको घरमा हरियो झण्डा कार्यक्रम, प्रत्येक महिना तौल अनुगमन दिवस,अण्डा वितरण,पोषण प्याकेज, साथि शिक्षा कार्यक्रम, घरघरमा सेनिटरी प्याड जस्ता धेरै नविनतम कार्यक्रम सम्पन्न गरिएको स्मरण गराउँदै यस बर्ष पनि कस्तो छ आमा भन्ने कार्यक्रम शुरु गर्न लागिएको बताए ।
बार्षिक समिक्ष कार्यक्रममा उपाध्यक्ष मिना भण्डारी, वडा अध्यक्षहरु, जनस्वास्थ्य निरिक्षक पशुपती आचार्य , स्वास्थ्यकर्मी, सुआहारा फिल्ड सुपरभाइजर नरेन्द्र श्रेष्ठ, पत्रकार नविन कार्की लगाएतको सहभागिता रहेको थियो ।