अग्रेजी भाषशिक्षणका लागि नयाँ आयमका बारेमा भर्चुअल तालिम

0
620

साउन २४,२०७७ गुल्मी  : अग्रेजी भाषशिक्षणमा नयाँ आयम तथा सीपहरुको बारेमा जानकारी दिनका लागि भर्चुअल तालिम गरिएको छ ।

नेल्टा गुल्मीको आयोजनामा जिल्लाका १२ वटै स्थानीय तह र शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीको समन्वयमा तीन सय भन्दा बढी अग्रेजी शिक्षकहरुको सहभागिता रहेको नेल्टा गुल्मीका अध्यक्ष कृष्णप्रसाद मरासिनीले जानकारी दिए ।
कोरोना भाइरसका कारण भिडभाड गर्न नहुने भएकाले भर्चुअल तालिमको आयोजना गरिएको नेल्टा गुल्मीले जनाएको छ । अग्रेजी भाषशिक्षणमा नयाँ आयमका बारेमा पहिले शिक्षकहरुनै बढी जानकार हुनु पर्ने र त्यसपश्चात बिद्याथीहरुलाई ज्ञान सीप प्रदान गर्नका लागि सहज हुने भएकाले यसरी भर्चुअल तालिमको आयोजना गरिएको नेल्टा गुल्मीका सचिब रामहरी पाण्डेले जानकारी दिए ।
भर्चुअल तालिमबाट अग्रेजी भाषाशिक्षणमा शिक्षकहरुलाई शिक्षण गर्नका लागि सहजता र तालिम प्रभाबकारी भएको भन्दै आगामी दिनहरुमा पनि लामो अबधीको तालिमको ब्यबस्था गर्ने नेल्टा गुल्मीका अध्यक्ष मरासिनीले जानकारी दिए ।

अग्रेजी भाषशिक्षणमा ख्यातीप्राप्त बरिष्ठ बिद्धानहरु प्राध्यापक डाक्टर जयराज अबस्थी , गोबिन्दराज भट्राई , लक्ष्मण ज्ञवाली , एसोसियट प्रा गंगाराम गौतम , मिरा श्रेष्ठ , उप प्रध्यापक अशोक सापकोटा , अमेरिकी राजदुतावासका बिशेषज्ञ रेलो बिश्वराज गौतम , ब्रिटिस काउन्सिलकी शिक्षा प्रमुख बैशाली प्रधान , हेमन्तराज दहाल , होमराज खडका , गोपालप्रसाद बस्याल र सुनिता स्वाँरले तालिममा सहजीकरण गरेका थिए ।
सातवटै प्रदेशका नेल्टा अध्यक्षहरुले तालिममा सिकेको ज्ञानलाई प्रभाबकारी बनाउनका लागि आग्रह गरेका थिए ।

SHARE