कोरोना संक्रमितको सम्पर्कमा रहेका १५ जनाको रिपोर्ट नेगेटिभ

0
269

साउन २४, २०७७ म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका(४ का एकजना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसीआर विधिबाट परीक्षण गर्दा असंक्रमित रहेको पाइएको छ।

साउन २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६, दरबाङमा स्वाब संकलन गरी पोखरामा परीक्षण गर्न लगिएको थियो।

परीक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिए।

SHARE