
साउन २४, २०७७ बुटवल : रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। दुर्घटनाामा एकजना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका २८ वर्षीय देवेन्द्र चौधरी, आमेसतिया गाउँपालिकाका २७ वर्षीय नौसाव दर्जी र पश्चिम नवलपरासीका १२ वर्षीका प्रदिप ठाकुर रहेका जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका सिद्धार्थनगरका ३४ वर्षीय अनिल यादवको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको डिएसपी खत्रीले बताए।

नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो। कार सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ।








