सनराईज बैंकको शाखारहित बैकिङ्ग सेवा मालिकाको फुलवारीमा

0
762

साउन २४,२०७७ गुल्मी :
सनराईज बैंक लिमिटेडको शाखा रहित बैकिङ्ग सेवा मालिका गाउँपालिका वडा न ६ को फुलबारी बजारमा सुरु गरिएको छ ।

देशैभरि १३६ शाखा कार्यलय स्थापना गरेको सनराईज बैंकले आफ्नो ४९औं शाखारहित बैकिङ्ग सेवाको रुपमा शाखा रहित बैकिङ्ग सेवा शुभारम्भ गरेको शाखा प्रवन्धक दिनेश पन्थीले जानकारी दिए ।

शाखा रहित बैकिङ सेवाको मालिका गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रितबहादुर थापा र सनराईज बैंक ५ नम्बर प्रदेश प्रमुख सुनिल मण्डलले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरे ।
अध्यक्ष थापाले शाखारहित बैकिङ्ग सेवा भएपनि शाखा कार्यलयले दिने सम्पूर्ण सेवा सुविधा दिनुपर्ने र गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण क्रियाकलापमा सनराईज बैकको शाखारहित बैकिङ्ग सेवालाई पुर्णरुपमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष एबं गाउँपालिकाका प्रबक्ता शोभाखर गिरिले शाखारहित बैकिङ सेवालाई आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो । सनराईज बैकका ५ नम्बर प्रदेशका प्रमुख सुनिल मण्डलले शाखारहित बैकिङ्ग सेवाबाट दिने सम्पूर्ण सेवाहरु लिन मालिका बासीलाई आग्रह गरे।
साथै शाखारहित बैकिङ्ग सेवामा कुनै समस्याहरु आएमा सम्बन्धित प्रतिनिधिलाई निर्धक्क साथ भन्न र यदि प्रतिनिधिले नसकेको अवस्थामा शाखामा सम्पर्क गर्नुहुन आग्रह गरे ।

SHARE