आज १५ सय नेपाली स्वदेश आउँदै

0
340
फाइल फोटो

साउन २२, २०७७ काठमाडौं : लकडाउनका कारण विभिन्न देशमा रोकिएका करिब १५ सय नेपाली आज स्वदेश फर्किँदैछन्।

साउदी अरब, कतार , युएई , मलेशिया र टर्कीबाट गरी १४ सय ९४ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार साउदी अरबबाट नेपाल एयरलायन्सका दुई वटा र हिमालय एयरलायन्सको एउटा विमानमार्फत ५ सय ६४ जना आउँदैछन्।

यस्तै युएइबाट दुईवटा एयर अरेबिया र एउटा फ्लाई दुबइको विमानमार्फत ५२५ जना आउन लागेका छन्। यस्तै मलेसियाबाट मालिन्दो एयरलायन्सको उडानबाट १७८ र टर्कीबाट टर्कीस एयरलायन्सको विमानमार्फत ७३ जना नेपाली स्वदेश फर्कन लागेका प्राधिकरणले जनाएको छ।

SHARE