साउन २१,२०७७ गुल्मी : गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरबार गाउँपालिकाका ४ जना र रेसुङगा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका पशुपति आचार्यले जानकारी दिए ।
गुल्मीमा तीन सय ६७ जना कोरोना संक्रमित मध्ये तीन सय ५९ जना निको भएर घर फर्किएका छन् ।
पाँच जनाको बिभिन्न आइशोलेसनमा राखेर उपचार गरिएको आर्चायले जानकारी दिए । उनका अनुसार गुल्मीदरवार गाउँपालिकाले तयार पारेको आइशोलेसनमा ४ जना , रेसुङगा नगरपालिकाको उपल्लो तम्घासको आइशोलेसनमा १ जना रहेको बताए ।
हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।