साउन २१,२०७७ गुल्मी : मुसिकोट नगरपालिकाले कृषिलाई ब्यबसायीकरण गर्नका लागि कृषकलाई उपकरण बितरण गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ३१ वटा हातेट्याक्टर , ३१ वटा कुटानी पिसानी मिल , खाडल खन्ने मेसिन र ह्याचिङ मेसिन बितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
कृषकहरुलाई ब्याबसायीकरण गराई आर्थिक स्तरमा सुधार गर्न सकिने भएकाले कृषि र पशुपालनमा अनुदानको समेत ब्यबस्था गर्दै आएको नगरपालिकाले जनाएको छ ।
नेपालमा कृषि र पशुपालनको माध्यममबाट आर्थिक स्तरमा सुधार गर्न सकिने भएकाले कृषि र पशुपालनलाई ब्यबसायीक रुपमा अगाडी बढाउने गरी लागेको नगरपालिकाले दाबी गरेको छ ।