हुमाकान्त पोखरेल, गुल्मी
२० साउन । रेसुङ्गा नगरपालिका वडा नम्बर १ का गगांबहादुर खत्रीले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहितको राहत प्रदान गरेका छन् ।
सोमबार धुर्कोट गाउँपालिकाका विभिन्न वडामा पुगेर गरिब तथा विपन्न तीन परिवारलाई राहत प्रदान गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ७ वाग्ला चौतारास्थित सुमन गिरी २०७६ वैशाखमा बारिको ढिकबाट लडेर ढाड भाँचियो । उपचारको लागि गाउँलेले रकम उठाएर काठमाडौ पु¥याए । काठमाडौमा अप्रेशन गरिसकेपछि थेरापि गर्नुपर्ने थियो । तर दैनिक एक हजार थेरापिको लागि दिनुपर्ने भएपछि त्यहिबाट भागेर घरमा आए । घरमा आएदेखि उनी उपचारको लागि कतै गएका छैनन । उनले छातिभन्दा तलको भाग चलेको थाहा पाउँदैनन् । अहिले दुइवटै घुँडा, डाढ र कम्मरमा ठुला घाउ छन् ।
त्यो अवस्था थाहा पाइसकेपछि गगां बहादुरले उनको परिवालाई चार महिनालाई पुग्नेगरी चामल, नुन, तेल, साबुन लगायतका खाद्यान्न सहयोग गरेका छन् । ‘उहाँ त भगवान आएझै भएको छ ।’ गिरीले भने, ‘सबै मिलेर मेरो उपचारको लागि सहयोग गरे आभारी हुने थिए ।’ धुर्कोट ५ वस्तुका यम बहादुर सुनारको ४७ बर्षको उमेरमा गत असार २० गते निधन भयो । उनकी श्रीमती पनि आखाँ र हातको अपाङ्ग छिन् । भएका तीन छोरी सानै छन् । गाउँमा मेलापात जान पनि नसक्ने भएकोले घरमा खाने खर्चको समेत जोहो गर्न सकेकी थिइनन् । त्यस्तो अवस्थामा गगांबहादुर र उनका छोराहरु सन्तोष र कमल राहत लिएर घरमै पुगे । सुनारका आँखामा हर्षका आशुँ झरे ।
धुर्कोट ४ जैसिथोक रातापोखराका ज्ञान बहादुर कुँवर गत माघमा लडेर ढाड भाचिँयो । उपचारका लागि तम्घाससम्म लगेपनि अन्यत्र लैजान रकम अभाव भयो । अहिले उनी घरमै बसेका छन् । घरमा एक छोरा, दुई छोरी र श्रीमती छन् । छोराछोरी सानै छन् । श्रीमती मिनाले पहिले अरुकोमा मजदुरी गरेर केहि आर्थोपार्जन गरेपनि अहिले श्रीमानको स्याहार गर्नुपर्ने भएकोले काममा जान पाएकी छैनिन् । जसले गर्दा बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको अवस्थामा गगां बहादुरले राहत लिएर घरमै पुगेका छन् । ‘अवस्था देख्दा धेरै नै नाजुक छ, सबै मिलेर सहयोग गरी उहाँको ढाडको उपचार गराउनुपर्छ ।’ गगांबहादुरले भने, ‘पीडित परिवारलाई सहयोग गर्न पाउदा खुसि लागेपनि अवस्था देख्दा दुःख लागेको छ ।’
उनकी छोरी गगां श्रेष्ठ लामो समयदेखि अमेरिकामा छिन् । छोरी र आफुहरुले केहि रकम संकलन गरी तीनै परिवारलाई प्रति परिवार १० हजार बराबरको एक क्विन्टल चामल, एक कार्टुन तेल, चिनी र दाल पाचँ÷पाचँ किलो, साबुन, भुजा, चाउचाउ, बिस्कुट लगायतका घरमा आवश्यक सामग्रीहरु प्रदान गरेका हुन् । समाजका दुःखी मानिसहरु देख्दा आफ्नो मन भक्कानिएर आउने भएकोले आफुले सहयोग गरेको र अन्य नागरिकहरुलाई सहयोगी हातहरु फैलाउन उनले आग्रह गरे । राहत प्रदान कार्यक्रममा पत्रकार हुमाकान्त पोखरेल, विभिन्न युटुब च्यानलका संचालक मोहन बस्नेत, बाबुराम पाण्डे र सुमन पन्थीको सहभागिता रहेको थियो ।