साउन २०,२०७७ गुल्मी : जिल्लाको मालिका गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान बितरण गरेको छ ।
आर्थिक बर्ष २०७६ ।०७७ मा किसानहरुले उत्पादन गरेको आधारमा अनुदान बितरण गरेको मालिका गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एबं गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
मालिका गाउँपालिकाका एक सय २४ जनालाई मिलीजुली कृषि तथा पशुबिकास महिला सहकारी संस्था मार्फत १६ लाख ३४ हजार रुपँैया अनुदान बितरण गरिएको हो । वडा नं ६ अर्जेकी दीपा अर्यालले उतपादनमा आधारित ३१ हजार अनुदान प्राप्त गरेकी छन् भने उनले आगामी बर्ष अझै उत्पादनलाई बृद्धि गर्ने हौसला प्राप्त भएको दाबी गरिन् ।
गाउँपालिकामा न्यूनतम एक सय किलो खसीबोकाको मासु सहकारी मार्फत जोखेर बिक्री गरे कृर्षकलाई प्रति केजी गाउँपालिकाले १०० रुपैँया अनुदान दिने ब्यबस्था गरेको छ । यस्तै लोकल कुखुरा न्यूनतम ५० किलो जोखेर बिक्री गरे प्रति किलो १०० रुपैँयाका दरले अनुदान दिइएको प्रबक्ता गिरीले जानकारी दिए ।
यस आर्थिक बर्ष उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह गर्दै अनुदानको रकम पनि बृद्धि गरिएको गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले जानकारी दिए । उनले यस बर्ष उत्पादनमा आधारित अनुदानका लागि गाउँपालिकाले ३५ लाख रुपैँया बिनियोजन गरेको र उत्पादनमा बृद्धि भए अनुदानमा कुनै कमि हुन नदिने थापाले दाबी गरे ।
अनुदान बितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष देवा अर्याल प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी लगायतको उपस्थिती रहेको थियो ।