स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न नागरिक समाजको माग

0
776

टोपलाल अर्याल

साउन १९ ,२०७७ गुल्मी : गुल्मीका नागरिक समाजले स्थानीयह तहहरुमा सुशासन प्रवद्र्धनको माग गरेका छन् ।

भ्रष्टाचार न्युनीकरण गर्नु राज्य र नागरिक समाजको महत्वपूर्ण दायित्व भएकाले जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले जिल्ला समन्वय समिति मार्फत स्थानीय तहको ध्यानाकर्षण गराएका हुन् ।सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली मार्फत स्थानीय तहलाई ६ बँुदे ध्यानाकर्षण पत्र बुझाएको संजालका सदस्य दुर्गा प्रसाद पाण्डेले जानकारी दिए ।

संजालले जिल्लामा सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरी भ्रष्टाचारविरुद्धका सचेतनात्मक कामहरु गर्दै आएको छ । ध्यानाकर्षण पत्रमा नागरिक संजालले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई गर्न माग गरेको छ ।

त्यस्तै कोभिड १९ को सन्दर्भमा स्थानीय तहहरुले गरेको क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, लकडाउनको पालना र कार्यान्वयन लगाएतका कामहरुको प्रसंशा गर्दै खर्च विवरण सार्वजनिक गर्न माग गरेको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

यो बिषयमा अहिले स्थानीय तथा जिल्ला स्तरमा विभिन्न खाने आवाजहरु उठ्न थालेका छन् । त्यस्तै आमा नागरिकहरु गुनासो गर्दै आएको बिषय स्थानीय तहहरुले बजेटको पूर्ण विवरण आफ्नो वेभसाइटमा अपडेट गर्नुपर्ने, हरेक सूचनाहरु अपडेड गर्नुपर्ने र वडातहका आम नागरिकमा समेत कुन कुन शिर्षकमा के कति बजेट विनियोजन भयो भन्ने जानकारी दिने व्यवस्था मिलाउन माग गरेका छन् ।

साथै जिल्लामा भइरहेका विकास निर्माणका कामहरुमा हुने अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने र अनुगमनमा नागरिक समाजका प्रतिनिधि, पत्रकार लगाएत तेस्रो पक्षको समेत सहभागिता सुनिश्चत गर्नुपर्ने माग आफुहरुको रहेको एकिकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए ।

स्थानीय तहहरुमा भएका न्यायिक समितिहरुको प्रभावकारिता वृद्धि गर्न थप ध्यान दिनुपर्ने,।स्थानीय तहको बेरुजुलाई कम गर्ने कार्यमा आवश्यक पहलकदमी लिनुपर्ने र।सरकारी सवारी साधनहरु बिदाको दिनमा समेत नीजि प्रयोजनका लागि प्रयोग गरिएको जनगुनासो आएकोले उक्त कार्य रोक्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने बिषयमा ध्यानाकर्षण गराइएको विश्वकर्माले जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझेपछि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले नागरिक समाजले उठाएका सवै बिषय महत्वपूर्ण भएपनि सवै निराशा प्रस्तुत नगर्न आग्रह गरे । उनले नागरिक समाजले नराम्रो कुरालाई मात्रै मुद्धा बनाएर राम्रो कुरा ओझेलमा पारे समाजलाई पनि त्यस्तै कुराको विश्वास हुने भएकाले समालोचना मार्फत अगाडी बढ्न सुझाव दिए ।

‘नागरिक समाजले उठाएका केहि बिषय अति सान्दर्भिक छन, मैले जिल्ला सभामा कुरा गर्छु,’उनले भने,‘तर सवै अधिकारसंगै कर्तव्य पनि बिर्सनु हुँदैन् ।’ सुशासन अभियान अभियानको तर्फबाट बोल्दै अधिवक्ता बिनोद पाण्डेयले स्थानीय तह, सरकारी कार्यालय र अन्य क्षेत्रमा समेत सुशासनको अवस्था लाजमर्दो भएकाले नागरिक समाज पनि नातावाद र दसलय स्वार्थबाट मागि उठ्नुपर्ने सुझाव दिए ।

नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले स्थानीय तहलाई मलेप बाहेक अरु कसैको नियन्त्रणको डर नभएकाले व्यथिती बढेको बताए । स्थानीय तहले आफुलाई बदल्नका लागि बिज्ञ समुह गठन गरेर हरेक बिषयमा सुझाव लिएर काम गर्नुपर्नेमा जोड दिए ।

सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीका हरेक क्रियाकलापमा एकिकृत ग्रामीण विकास समाज गुल्मीले आर्थिक तथा प्राविधिक सहयोग पुराउँदै आएको पारिस्पारीक जवाफदेहि परियोजनाकी संयोजक हिरा कुवंरले बताइन ।

SHARE