घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्दै चन्द्रकोट गाउँपालिका

0
1239
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

तिलाचन पाण्डे
साउन १८,२०७७ गुल्मी : चन्द्रकोट गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
बृद्ध बृद्धाहरु , अपांगहरु बैङकमा जान नसक्ने र बढी भीडभाड हुने भएकाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
आर्थिक बर्ष २०७६।०७७ अन्र्तगतको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता प्रभु , साइन रेसुंगा ,ग्लोवल आइएई र गरिमा बिकास बैंकको सहकार्यमा घरमै गएर बितरण गरिएको भण्डारीले जानकारी दिए ।
पछिल्लो चौमासिकमा कुल तीन हजार १५६ जनालाई सामाजिक सुरक्षा भत्ता बितरणका लागि दूई करोण ६६ लाख ८७ हजार २ सय रुपैयाँ निकासा भएको भण्डारीले जानकारी दिए । जसअन्र्तगत जेष्ठ नागरिक , एकल महिला , दलित बालबालिका , अपांगहरु रहेको गाउँपालिकाले जनाएको छ ।


यता चन्द्रकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गोकर्णराज शर्माले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्दा जेष्ठ नागरिकहरुमा खुसी छाएको बताए ।
उनले वडा र गाउँपालिकामा रहेका स्थानीयहरुको सेवा गर्न पाँउदा आफूलाई पनि खुसी लागेको र जेष्ठ नागरिकहरुले दिएको आर्शिबाद ग्रहण गर्ने मौका समेत मिलेको दाबी गरे ।

SHARE