
हुमाकान्त पोखरेल,
गुल्मी,१६ साउन
अनेरास्ववियू गुल्मीका नेता राजन घिमिरेले आफ्नो जन्मदिनको अवसरमा एकजना बालकको एक बर्षको खर्च व्यहोर्ने भएका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी खिमा घिमिरेका छोरा दर्पण घिमिरेको यस शैक्षिक सत्रको आर्थिक व्ययभार आफूले व्यहोर्ने भएका हुन् ।
एक बर्षको लागि आवश्यक पोशाख, कापी, कलम, पेन्सिल, झोला, जुत्ता लगायतका सामग्री उनले प्रदान गर्ने भएका हुन् । आर्थिक अभावको कारण दर्पणलाई अध्ययनमा गार्हो परिरहेको बेला घिमिरेले गरेको सहयोग महत्त्वपूर्ण भएको बुबा खिमाले बताए । जन्मदिन मनाउने पुरानो परम्परा तोड्दै दर्पणको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न आफुले सहयोग गरेको घिमिरेले बताए ।
यो सँगै पाञ्चायन माध्यमिक विध्यालयमा तीनजनाले यो बर्ष निस्शुल्क अध्ययन गर्न पाएका छन् । सोहि ठाउँकै कक्षा तीनमा अध्ययनरत सरिता नेपालीको जैसिथोककै जुना कुँवर र कक्षा केजिमा अध्ययनरत मनिका नेपालीको अनेरास्ववियूका नेता घनश्याम खरेलले यो बर्षको खर्च व्यहोर्ने भएका हुन् ।









