सुशीला रेग्मी
साउन १५,२०७७ पाल्पा : रामपुर नगरपालिका ७ मोहटीमा १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद खाएपछि बिरामी परी पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत बिरामीलाई डिस्चार्ज भएका छन् ।
नेपाली कांग्रेस रामपुर नगर कार्य समितिको पहलमा रामपुर नगरपालिकाको यातायात व्यवस्थापनमा डिस्चार्ज भएका बिरामीलाई रामपुर ल्याउनका लागि सवारी साधन पठाएको नगर सभापति नेत्रप्रसाद भट्टराईले जानकारी दिए ।
गत साउन ११ गते आईतवार रामपुर मोहटीमा मानबहादुर सुनारको १३ औँ दिनको पुण्यतिथिका दिन पितृप्रसाद खाएका आफन्त, छिमेकी बिरामी परेका हुन् । उनीहरुको रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।
अस्पतालमा उपचार गराइरहेकालाई प्रदेश नम्बर पाँचका सांसद तथा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति बिरबहादुर राना र जिल्ला सचिव झपेन्द्र गहिरेले भेटघाट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।