साउन १४,२०७७ गुल्मी : गुल्मीमा शैक्षिक संस्थाहरु संचालन नगर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्देशन दिएको छ ।
जिल्लामा केही संस्थागत तथा सामुदायिक बिद्यालयहरु र क्याम्पसहरु संचालनमा आएको जानकारी आएकाले शैक्षिक संस्थाहरु संचालन नगर्नका लागि निर्देशन दिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
नेपाल सरकार मन्त्री परिषदको साउन ५ गतेको निर्णय अनुसार शैक्षिक संस्थाहरु , तालिम केन्द्रहरु नखोल्नका लागि भनिएकाले यदि कसैले शैक्षिक संस्थाहरु संचालन गरे कारवाही गर्ने जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीको निर्देशनलाई अबज्ञा गरे संक्रामक रोग ऐन २०२० अनसार कारवाही गरेरै छाड्ने प्रशासनले दाबी गरेको छ ।