नविकरण गर्न छुटेका फर्मको अवधि भाद्र ३ सम्म मात्र

0
746

साउन १४,२०७७ गुल्मी : घरेलु तथा साना उद्योग विकास समिति गुल्मीमा दर्ता भै विविध कारणले नविकरण गर्न छुट भएका फर्महरु मिति २०७७ भाद्र ३ गते भित्र नविकरण गर्न घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले अनुरोध गरेको छ।

यस अघि,तोकिएको अवधिपश्चात एक वर्ष भन्दा बढि समय व्यतित भैसकेका फर्महरु नविकरण गर्न सकिने व्यवस्था नहुदा त्यसरी नविकरण म्याद नाघेका जिल्ला भित्रका फर्महरु नविकरण हुन सकेका थिएनन।२०७६ साल कार्तिक १८ गते प्रदेश सरकार प्रदेश नं ५ को मन्त्रीपरिषद् बाट प्राईभेट फर्म रजिष्टेशन नियमावली,२०७६ू पारित भए पश्चात यो व्यवस्थाको लागि बाटो खुलेको थियो।

२०७६ सालको चैत्र पहिलो हप्तासम्म झण्डै ६० वटा फर्महरु नविकरण भएपनि तत्पश्चात सरकारले घोषणा गरेको लकडाउनको कारणले सेवाग्राहिसगँ प्रत्यक्ष सरोकार राख्ने र भौतिक उपस्थितिमा मात्र सम्पादन गर्न सकिने उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी कार्यहरु रोकिएको थियो ।

 

प्राइभेट फर्म दर्ता ऐन,२०७६ू अनुसार कनै कारणवश नविकरण गर्ने म्याद समाप्त भै नविकरण हुन नसकेका फर्म भए जतिसुकै अवधि व्यतित भएको भए तापनी एक पटकको लागि यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष भित्र तोकिए बमोजिमको शुल्क बुझाई नविकरण गर्न सकिने व्यवस्था बमोजिम २०७७ भाद्र ३ गतेभित्र फर्म नविकरण गरिसक्नु पर्ने समयसीमा छ।

सोही ऐन अनुसार कार्यलयले सूचना प्रकाशन गरेको हो।तोकिएको समयसिमा भित्र फर्महरु नविकरण नभए त्यसपछि सो प्रकारका प्राईभेट फर्महरु नविकरण गर्न नसकिने घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका वरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए।

SHARE