गुल्मीदरबारमा शाखा प्रमुखहरुसंग बार्षिक कार्यसम्पादन सम्झौता

0
485

तिलाचन पाण्डे
साउन ११,२०७७ गुल्मी : गुल्मीदरवार गाउँपालिकाले शाखा प्रमुखहरुसंग बार्षिक कार्यसम्पादन सम्झौता गरेको छ ।
बार्षिक रुपमा गर्नुपर्ने कामहरुको बारेमा आर्थिक बर्षको सुरुवातमै शाखा प्रमुखहरुसंग कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
उहाँका अनुसार बार्षिक रुपमा शाखाहरुले गर्नुपर्ने कामहरु सहित सम्झौता गरिएको र सम्झौता अनुसारको काम भए नभएको मासिक रुपमा समीक्षा गरिने छ । शाखा प्रमुहरुसंग प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गर्ने र शाखा अन्र्तगतका संस्थाहरुसंग शाखा प्रमुखले सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ ।
राम्रो कामगर्नेलाई पुरस्कृत नगर्नेलाई दण्डित
कार्यसम्पादन सम्झौता अनुसार राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कार्य नगर्नेलाई दण्डित गर्ने ब्यबस्था समेत गरिएको पाण्डेले बताए ।
बिभिन्न १० सूचकहरुको आधारमा नम्बर सहित मुल्याङकन गरिने भएकाले राम्रो कार्य गर्नेलाई पुरस्कार र प्रोत्साहनका लागि गाउँपालिकाले ब्यबस्था गरेको पालिकाले जनाएको छ ।
यदि सम्झौता अनुसार काम नगर्ने शाखा वा कर्मचारीलाई स्पष्टिकरण सोधिने र चित्त बुझदो जवाफ नआए बिभागीय कारवाही गरेरै छाड्ने पाण्डेले दाबी गरे । कार्यसम्पादन सम्झौता अनुसारको कामको बिबरण सूचकको आधारमा कार्यपालिकाको बैठकमा प्रस्तुत गरिने सोही अनुसार राम्रो काम गर्ने वा उच्च अंक ल्याउनेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्ने गाउँपालिकाले जनाएको छ ।

SHARE