रेसुंगा नगरपालिकामा काग्रेसको अबरोध

0
376

साउन ११,२०७७ गुल्मी : रेसुंगा नगरपालिकामा काग्रेसले अबरोध गरेको छ ।
सुरक्षित आप्रावासन परियोजना (सामी) कार्यक्रममा नगरपालिकाले एकलौटी रुपमा कार्यक्रम अगाडी बढाएको भन्दै नेपाली काग्रेसले अबरोध गरेको हो ।
भित्रभित्रै नगरपालिकाले आफना कर्मचारीहरु भर्ती गर्न लागेको र पारदर्शी रुपमा काम नगरेको भन्दै आइतबार बिहान ११ बजेका लागि तोकीएको परीक्षामा काग्रेसले अबरोध गरेको हो । पुन बिज्ञापन गरी छनोट प्रक्रियालाई अगाडी बढाउनुपर्ने आफूहरुको माग रहेको नेपाली काग्रेस रेसुंगा नगर कमिटीका सभापति छबी पाण्डेले जानकारी दिए ।
यता रेसुंगा नगरपालिका गुल्मीका सूचना अधिकारी शंकर प्रसाद गौतमले आफूहरुले नियम संगत २०७६ फागुन १२ गते सूचना प्रकाशन गरी आबेदन माग गरिएको र सोही अनुसार छोटो सूचिमा नाम प्रकाशन गरिएको दाबी गरे । काग्रेसले लगाएको आरोपमा कुनै सत्यता नभएको र परीक्षा संचालनमा अबरोध गरेको उनले जानकारी दिए ।
बिहान १० बजेदेखि नै काग्रेसले अबरोध गरेका कारण परीक्षा संचालन गर्न नसकिएको नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।
नगरपालिकाले सबै कार्य प्रक्रियागत रुपमा गरेको र काग्रेसले अबरोध गर्नुमा कुनै तुक नरहेको उहाँले दाबी गरे । काग्रेसले नगरपालिका भित्र परीक्षार्थीहरुलाई प्रबेश गर्न नदिएको र गेटमा बसेर धर्ना संगै नाराबाजी गरेका छन् ।
यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले नगरपालिकाको आन्तरिक बिषय भएको बताए । काग्रेसले अबरोध गरी ताला लगाउदा प्रशासनले ताला खोलेको र अन्य बिषयमा नगरपालिकाले नै छलफल गरीरहेको शर्माले जानकारी दिए ।
जिल्लाका ४ वटा स्थानीय तहमा यो कार्यक्रम लागु हुनेभएकाले यो कार्यक्रमको संयोजन रेसुंगा नगरपालकाले गरेको छ । रेसुंगा ,मुसिकोट नगरपालिका , इश्मा र छत्रकोट गाउँपालिकाका २४ जना कर्मचारी छनोटका लागि आइतबार परीक्षा तोकिएको थियो ।
बैशाखमा गर्ने भनिएको परीक्षा लकडाउनका कारण हुन नसकेको र असार २७ गतेका लागि तोकिएको परीक्षा बर्षातका कारण संचालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

SHARE