नेकपा मुसिकोद्धारा पहिरो प्रभाबित लाई सहयोग संकलन

0
278

रामकृस्ण कंडेल
साऊन९,२०७७ गुल्मी :
नेपाल कम्युनिष्ट पार्टी नेकपा मुसिकोटले पहिरो प्रभाबितलाई रात संकलन गरेको छ ।
नगर कमिटीको आयोजनामा मुसिकोट वडा नं २का पहिरो प्रभाबित लाई सहयोग गर्ने उद्देश्यले पार्टीको तर्फबाट सहयोग संकलन गरी हिजो वडा नम्बर२को कार्यालयमा संकलित रकम वडा अध्यक्ष लक्ष्मण खत्रीलाई हस्तान्तरण गरिएको छ।
केही दिन अगाडि गुल्मीको वामीटक्सारमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नगर कमिटिको सचिवालय बैठकले वडामा पार्टीको सक्रियतामा ऐच्छिक सहयोग संकलन गरी पहिरोपीडितलाई सहयोग गर्ने भन्ने निर्णय अनुसार संकलित रकम १०० बोरा चामल बराबरको सहयोग बुझाईएको छ।
वडा नं २ को कार्यालय मुसिकोट देउराली मा आयोजित एक कार्यक्रममा पार्टीको तर्फबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले पहिरो प्रभाबित लाई आफूहरुले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे। दुःखको क्षणमा नआत्तिई अगाडी बढ्नको लागि पहिरो प्रभाबित लाई आग्रह गर्दै नगरप्रमुख सोमनाथ सापकोटाले आफूहरु सुखदुःख हरेक क्षणमा जनताकै बीचमा रहेकोले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरे।
मुसिकोट २मा रहेका पहिरो प्रभाबित लाई राहात सहयोग संकलन गरी अगाडि बढेकोमा नगर प्रमुख सापकोटाले नेकपाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु प्रति कृतज्ञता व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रम मा मन्तव्य राख्दै नगरप्रमुख सापकोटाले सबै प्रभाबित का यथार्थ अवस्थाहरु संकलन गरी जेजति क्षेती भएको छ, क्षतिहरु हर संभब पूरा गर्ने आश्वासन समेत पहिरो प्रभाबितहरुलाई दिए।
मुनपा२मा पहिरो पीडितहरुको घरमा भैसी मरेको भए भैसी,बाख्रा मरेको भए बाख्रा वा घर नै नष्ट भएको परिवार हरु को लागी सुरक्षित ठाउँमा बासको व्यवस्था मिलाउनको लागि नगरपालिका,प्रदेश सरकार र केन्द्रीय सरकार सबै मिलेर शक्दो सहयोग गर्ने विचार व्यक्त गरे।
नगर प्रमुख को भनाइ थियो ‘तपाईंहरु नआत्तिनोस् तपाईहरुलाई सहयोग गर्न हामीहरु छौं‘।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा मुसिकोटका नगर कमिटी इन्चार्ज जीवन खरेलले नेपाल कम्युनिस्ट पार्टी नेकपा जनताको पार्टी भएको हुनाले जनताको दुख,पिर,मर्का भोगेको अवस्थामा सधैं सँगै रहने भन्दै मुसिकोटका पहिरो पीडितहरुलाई थोरै भए पनि राहत उपलब्ध गराउन को लागी वडामा नेकपाका कार्यकर्ताहरुले ऐच्छिक रूपमा संकलन गरेको सहयोग राशी लिएर आफूहरु उक्त स्थानमा आएको जानकारी दिए।
मन्तव्यको क्रममा नगर कमिटी ईन्चार्ज खरेलले नेकपा दीनदुःखी गरिबहरूको पार्टी भएको हुनाले तपाईँहरू लाई कुनै पनि कठिन क्षणमा कुनै पनि कसर राखेर मन दुखाउने काम हुन नदिने विचार व्यक्त गरे।
अहिले सबै तबका सरकार नेकपाको सरकार भएको हुनाले मुसिकोटका पहिरो पीडितहरु लाई जे आवश्यक पर्दछ ती समस्याहरु पूरा गर्नको लागि हामीहरु वचनबद्ध भई लाग्नेछौं खरेलको भनाई थियो।
मुसिकोट नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा मुसिकोट नगरपालिका अन्तर्गतका वडा नं १देखि९सम्मका सबै वडा कमिटीका इन्चार्ज,अध्यक्ष र सचिव लगायत वडामा निर्वाचित वडाध्यक्षको अरूको विशेष उपस्थिति रहेको थियो।
सहयोग हस्तान्तरण कार्यक्रम मा हाल अमेरिकामा रहनुभएका प्रताप खत्री को तर्फबाट रु१लाख, मुसिकोट उद्योग वाणिज्य समितिको तर्फबाट रु२५हजार, नेपाल रेडक्रस वामि उपशाखाको तर्फबाट रु५हजार सहयोग उपलब्ध गराइएको थियो।
गुल्मी मुसिकोट उद्योग बाणिज्य संघको तर्फबाट सचिव महेश्वर घिमिरे र रेडक्रस उपशाखा वामि बाट भुवन बहादुर केसीले उक्त रकम कार्यक्रममा हस्तान्तरण गरे ।
वडा कार्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मुसिकोट२ का पहिरोपीडित हरूको ठूलो संख्यामा उपस्थिती रहेको थियो। मुसिकोट २मा रहेका पहिरो पीडितहरु लाई कुनै राजनैतिक विभेद नगरिकन सहयोग हस्तान्तरण गर्नुपर्ने र त्यसका लागि वडा कार्यालय मार्फत सहयोग वितरण कार्य जुटाउनको लागि नेकपाको विशेष माग रहेको छ।सहयोग वितरण कार्यक्रममा एकद्वार प्रणाली प्रयोग गर्न सकियो भने कुनै विभेद नहुने नेकपाको ठहर छ।
सहयोग हस्तान्तरण कार्यक्रमका सभाध्यक्षता गरिरहेका नेकपा मुसिकोट नगरकमिटीका अध्यक्ष खुम बहादुर थापाले पहिरो पीडितहरू लाई आफूहरुले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे। अध्यक्ष थापाले पहिरो पीडितहरु लाई यस कठिन क्षणमा धैर्यधारण गर्न को लागि आग्रह गर्दै आफूहरुले सक्दो सहयोग गर्ने बिचार ब्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नेकपा मुसिकोट नगर कमिटीका सचिव अग्निधर लोहनीले सञ्चालन गरेका थिए।

SHARE