चटपट बेचेर दैनिकी चलाउने दाजुभाइलाई वडा अध्यक्षको सहयोग

0
633

साउन ९,२०७७ गुल्मी : चटपट बेचेर दैनिकी चलाउँदै आएका प्युठानका २ दाजुभाईलाई वडा अध्यक्षले खाद्यन्न सहयोग गरेका छन् ।
रेसुंगा नगरपालिका वडा नं ९ उपल्लो तम्घासमा कोठाभाडामा बसी चटपट बेचेर दैनिकी चलाएका प्युठानका २ दाजुभाईलाई वडा अध्यक्ष नारायण बरालले ब्याक्तिगत रुपमा खाद्यन्न सहयोग गरेका हुन । उनले त्यी दाजुभाई बस्दै आएको कोठामा गई ४० किलो चामल , २ किलो दाल, २ लिटर तेल र १ किलो नुन हस्तान्तरण गरेका हुन ।
लकडाउनका कारण उनीहरुको चटपट बेच्ने कार्य बन्द भएको र उनीहरुको मुख्य आय स्रोत नै नभएकाले खाद्यन्न सहयोग गरेको वडा अध्यक्ष बरालले बताए
चटपट बेचेर गुजारा चलाउदै आएका उनीहरुलाई लकडाउनका कारण समस्या भएकाले आफूले ब्याक्तिगत रुपमा खाद्यन्न सहयोग गरेको बरालले बताए ।
खाद्यन्न ग्रहण गर्दै कोठाभाडामा बस्दै आएका उनीहरुले वडा अध्यक्ष हामीहरु संगै रहेको अनुभूती भएको बताए ।
यस अगाडी वडा अध्यक्ष बरालले उपल्लो तम्घासको आइशोलसनमा रहेका बिरामीहरुलाई दैनिक २ लिटर दुध लिएर स्वास्थ्य अबस्था बुझन जाने गरेका थिए । उनले समस्यामा परेकाहरुलाई ब्याक्तिगत रुपमा सहयोग गर्दै आइरहेका छन् ।

SHARE