कन्ट्याक्ट ट्रेसिङमा परेका बर्दियाका १६ पत्रकार मध्ये १ को रिपोर्टे पोजेटिभ

0
403

विमला ढकाल
साउन ९ ,२०७७ बर्दिया : कन्ट्याक्ट ट्रेसिङमा परेका बर्दियाका १६ पत्रकार मध्ये १५ को रिपोर्ट नेगेटिभ आएको छ भने १ जनाको पोजेटिभ आएको छ ।
स्वाब परीक्षण गरिएका मध्ये बर्दियाका १५ जना पत्रकारको रिपोर्ट नेगेटिभ र १ जनाको पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
गएको शनिबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी गरि एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि भएसंगै उनिहरुको कन्ट्याक्ट् ट्रेसिङमा परेका बर्दियाका १५ जना पत्रकारको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै ५५ बर्षीय पुरुषको भने रिपोर्ट पोजेटिभ आएको छ ।
कन्ट्याक्ट् ट्रेसिङमा परेका १६ जना पत्रकार सहित २४ जनाको बुधबार पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनिहरु मध्ये १ जना पत्रकार र १ जना अन्य गरी २ जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
बर्दियाको गुलरिया ५ घर भएका ति पत्रकारमा कोरोना पोजेटिभ पाइएको हो । यस्तै बर्दियाको गुलरियाकै अर्का क्वारेन्टीनमा बसेका १ जना १९ बर्षीय पुरुषको रिपोट पनि पोजेटिभ आएको छ । यस्तै नेपालगञ्जको भेरीमै गरिएको परिक्षणमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ का २५ बर्षीय पुरुषमा पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै आज बर्दियाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने जिल्लामा संक्रमितको संख्या २ सय २६ पुगेको स्वास्थ्य कार्यालय बर्दियाका कृष्ण गोपाल चौधरीले जानकारी दिए । संक्रमित मध्ये १ सय ९४ जना उपचारपछि निको भैसकेका छन् भने ३२ जनाको विभिन्न आइशोलेसनमा उपचार भैरहेको छ ।

SHARE