निजामती कर्मचारी संगठनद्वारा पहिरो प्रभावितलाई सहयोग

0
379

हुमाकान्त पोखरेल, गुल्मी
०९ साउन ।
नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति गुल्मीले जिल्लाको इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका पहिरो प्रभावितलाई सहयोग गरेको छ । संगठनले शुक्रबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको रोहवरमा मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका प्रमुखहरूमार्फत प्रभावितलाई सहयोग गरेको हो ।मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा र इस्मा गाउँपालिका प्रमुख लक्षमण विष्टलाई २०/२० हजारको चेक संगठनले प्रदान गरेको संगठनका जिल्ला उपाध्यक्ष बोम अर्यालले जानकारी दिए ।

गत असार १८ गते अविरल बर्षाका कारण मुसिकोट नगरपालिका वडा नम्बर २ तथा इस्मा गाउँपालिका वडा नम्बर १ र ४ मा पहिरो गएको थियो । जसमा इस्मामा दुई र मुसिकोटमा एकजनाको ज्यान गएको थियो । भने सयौ घर विस्थापित भएका थिए । सोहि अवस्थालाई मध्यनजर गर्दै प्रभावितको पुनर्वासको लागि सहयोग प्रदान गरेको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । मुसिकोट नगरपालिका प्रमुख सापकोटाले सहयोग गरेकोमा संगठनलाई धन्यवाद दिए । आफुहरू निरन्तर राहत र उद्दारमा खटिएकोले सहयोग गर्न सबैलाई आग्रह गरे ।

SHARE