नेकपा रामपुरद्धारा पत्रकार सम्मेलन (विज्ञप्ती सहित)

0
825

सुशीला रेग्मी

रामपुर (पाल्पा), ८ साउन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुरले आज फेरी पे्रस विज्ञप्ती निकाली पत्रकार सम्मेलन गरेको छ । रामपुर नगरपालिकाको सातौं नगरसभा सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कमिटीले गत साउन १ गते प्रकाशित गरेको प्रेस विज्ञप्तीको खण्डन गर्दै नेपाली कांग्रेस नगर कार्य कार्यसमितिले साउन ३ गते र रामपुर नगरपालिकाले ४ गते जारी गरेको प्रेस विज्ञप्तीमा असन्तुष्टि जनाउँदै पुनः आज विज्ञप्ती निकाली पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

नेकपाले उठाएको विषयवस्तु नेपाली कांग्रेस रामपुर नगर समितिसंग नभै रामपुर नगरपालिकासंग लक्षित रहेको र नेपाली कांग्रेसले असक्षम नेतृत्वलाई ढाकछोप गरिएको र साउन ४ गते नगरपालिकाले निकालेको विज्ञप्तीको खण्डन प्रति आपत्ति जनाउँदै पत्रकार सम्मेलनमार्फत नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराईले जानकारी गराएका छन ।

उनँले प्रस्तुत गरेको विज्ञप्तीमा नेकपाबाट वडा अध्यक्षहरु र लेखा संयोजकप्रति धार फर्काएर नगरको ०७६÷०७७ को कुल आम्दानी र खर्च तथा बाँकी रकम र असुली गर्न बाँकी रकम बताउन वा देखाउन असक्षम तथा विकासतर्फको आधाजसो बजेटको काम गर्न नसक्ने पालिका नेतृत्वलाई विज्ञप्ती मार्फत नेपाली कांगे्रसले जुन संरक्षण गर्ने काम गरेको छ त्यो सरासर गलत रहेको, लेखा संयोजकले पटक पटक मौखिक रुपमा सम्पूर्ण आयव्याय व्यवस्थित गरी देखाइनु पर्दछ, त्यो तयार नभएसम्म नगर सभा नगरौं भनीरहंदा नगरको नेतृत्व र जिम्मेवार व्यक्तिहरुबाट अहिले सम्भव भएन भनी समय धकेल्दै असार ३१ गते नगर सभा गर्ने घोषणा भएको र नगरसभामा ०७६÷०७७ को आम्दानी खर्चको विवरण आउन नसकेको विज्ञप्तीमा उल्लेख छ ।

नदीजन्य पदार्थको कालिगण्डकी करिडोर ठेकदारलाई रामपुर नगरपालिकाको ८२ औं वैठकबाट प्रति ट्याक्टर ३८५.९५ पैसा(२ घनमिटरको) रोयल्टी लिने निर्णय गरी दिएको ठेक्काको ४० हजार घनमिटरको रकम आम्दानी पनि नदेखाइनु र लिखितमा यति बाँकी भनेर पनि उल्लेख नगर्नु र वर्षभरिको अन्य आम्दानीहरु पनि नदेखाईनु, नगरपालिकाको आयव्याप पारदर्शि नहुनु, सामाजिक सुरक्षा भत्ता ४.५%ले घटाएर दिने पालिकाले पालिका भरिको कुल संख्याको आधारमा माथि माग गर्ने काम पालिकाको भएपनि माग गर्दा त्रुटी गरेर थोरै मागेको भन्ने अनि आएको रकमबाट सबैलाई घटाएर वितरण गर्ने कमजोरी वडाको नभई पालिकाको भएको विज्ञप्तीमा जनाइएको छ । सामाजिक सुरक्षा भत्ता अपुग पूर्तिका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले ०७७ असार ३० गते १४ लाख उपलब्ध गराउन सकिने भनि बोलाइएकोमा सो बुझेर ल्याउन पनि नगएको भनी जारी विज्ञप्तीमा उल्लेख गरिएको कुरा पत्रकार सम्मेलनमा नगर कमिटि अध्यक्ष भट्टराईले पढेर सुनाए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम गत आ.व. ०७६÷०७७ मा नेपाली कांग्रेसले गल्तीले विज्ञप्तीमा ४ करोड भनेपनि सो नभै ६ करोड रहेको र त्यो रकमबाट आफ्ना कार्यकर्ता भरणपोषण गरिएको छ भन्ने गलत र भ्रामक रहेको सो रकमबाट नियम र विधिको आधारमा जनताका आवश्यकताका खानेपानी, सिंचाई, मोटरबाटो निर्माण मर्मत, विद्युत, विद्यालय, सामुदायिक भवन निर्माण जस्ता अति महत्वपूर्ण काममा जनताको माग अनुसार विनियोजन भई त्यो रकम सम्बन्धित पालिकामा पठार्ई त्यहिंबाट इष्टिमेट गरी टेण्डर वा उपभोक्ताद्धारा काम हुने व्यवस्था गरी मुल्यांकन र फस्र्यौट पनि सम्बन्धित पालिकाबाट गराइने व्यवस्था भएको जनाइएको छ । ०७६÷०७७ को ६ करोड मध्ये १ करोड ८३ लाख ६० हजार रानपा भित्रका योजनामा मात्र विनियोजन भएकोमा लकडाउनका बाबजुद प्राय ः सबै काम सम्पन्न भएकोमा यि कुराको ख्याल नगरी आफ्ना कार्यकर्ता भरणपोषण गर्ने भन्ने आरोप लगाइएको प्रति खेल प्रकट गर्दै विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

नेकपा जिल्ला कमिटि सदस्य तथा नगर ईन्चार्ज राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई नेकपा जिल्ला कमिटि सदस्य मित्रलाल कंडेलले स्वागत गराएका थिए । कार्यक्रमको संचालन नेकपा नगर विभाग कमिटि प्रचार विभाग संयोजक मित्रलाल गौतमल गरेका हुन ।

SHARE