अलपत्र यात्रुहरुलाई खाना पकाएर खुवाए दैनिक पाँच सय

0
409
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

साउन ७,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिकाले अलपत्र यात्रुहरुलाई खाना पकाएर खुवाए दैनिक पाँच सय दिने भएको छ ।
बर्षातको समयमा सडकहरु अबरुद्धहुँदा अलपत्र भएका र बाहिरबाट आएकाहरुलाई बिद्यालय अर्थात समुदायले तोकेको स्थानमा राख्नुपर्ने भएकाले उनीहरुलाई दैनिक खाना खुवाउनेलाई पाँच सयका दरले उपलब्ध गराउने वडा नं १ हर्मिचौरका वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए ।
खाना पकाउन र खुवाउन सक्नेले वडा कार्यलयमा निबेदन दिनका लागि ५ दिनको समय दिइएको वडा कार्यलयले जनाएको छ । आवश्यक पर्ने खाद्यन्न वडा कार्यलय अर्थात गाउँपालिकाले उपलब्ध गराउने छ ।
दैनिक रुपमा खाना खुवाउने र आवश्यक पर्दा उपस्थित हुन सक्नेहरुले वडा कार्यलयमा निबेदन दिन सक्ने र उनीहरुलाई दैनिक ज्याला स्वरुप पाँच सय रुपैयाँ उपलब्ध गराइने कार्यलयले जनाएको छ ।
क्वारेन्टाइनमा बस्ने र अलपत्र यात्रुहरुका लागि खाना खुवाउने मान्छेहरु नपाइएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
सबै भन्दा बढी बुटवल , पोखरा लगायतका स्थानहरु जाने र हर्मिचौर जक्सन भएकाले त्यहाँ अझै धेरै यात्रुहरु अलपत्र हुने र उनीहरुलाई ब्यबस्थापन गर्नका लागि समस्या भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

SHARE