गुल्मीदरबारमा महिनावारी सचेतना संगै सेनिटरी प्याड

0
833

रामकृष्ण कंडेल
साउन ६,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य शाखाले महिनावारी सचेतना संगै सेनिटरी प्याड बितरण गरेको छ ।
दरबार देबिस्थान स्वास्थ्य चौकी अन्तरगत टोल नम्बर १ को देउरालि स्वास्थ्य आमासमुह देउराली चौरमा सुरक्षित महिनावरि सम्बन्धी सचेतना सुरक्षित महिनावारिको लागि घरघर मा सेनिटरि प्याड वितरण कार्यक्रम , तथा मासिक स्वास्थ्य आमा समुहको बैठक सम्पन्न भएको हो ।
स्वास्थ्य अधिकृत नारायण अर्यालको विशेष उपस्थिति र दरबार देबिस्थान स्वास्थ्य चौकी अनमी सुमन पन्थिको सन्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकृत अर्यालले सुरक्षित महिनावारि सम्बन्धि सचेतना र सेनेटरि प्याड गाउपालिका भित्रका ७ तै वाडका ८३ वटै महिला स्वास्थ्य स्वयम् सेविका अन्तरगतका स्वास्थ्य आमासमुहमा भैरहेको जानकारी दिए ।

महिला स्वास्थ्य स्वयम् सेविका भगवती अर्यालको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा
स्वास्थ्य आमा समुकी अध्यक्ष गङ्गा अर्यालको अध्यक्षतामा कार्यपालिका सदस्य इस्वरि परियारको आतिथ्य्ता रहेको थियो

SHARE