१३ टन कोदो गोदाममा थन्क्याएर २२ लाख ४५ हजारको चामल राहतमा

0
441

साउन ६,२०७७ गुल्मी : जिल्लाको इश्मा गाउँपालिकाले स्थानीय उत्पादन १३ टन कोदोलाई गोदाममा थन्क्याएर २२ लाख ४५ हजारको चामल खरिद गरि राहत बितरण गरेको खुलेको छ ।
बिश्वभर फैलिएको कोरोना भाइरसका कारण दैनिक काम गरी साँझ बिहान खाने मजदुरहरुलाई समस्या परेको भन्दै राहत स्वरुप गाउँपालिकाले खाद्यन्न बितरण गरेको थियो ।
गाउँपालिकाले पालिका भित्रका अति बिपन्न एक हजार २४६ घर परिवारलाई बजारका चामल खरिद गरि राहतको नाममा बितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले आफूले राहतमा चामल भन्दा स्थानीय उत्पादन कोदो बितरण गरौँ भन्दा कार्यपालिकाको बैठकमा आफू अल्पमतमा परेको बताएका थिए ।

गाउँपालिकाले स्थानीय इस्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । अहिले त्यी सहकारीको गोदाममा १३ टन कोदो प्रशोधन गरि गाउँपालिकाको लोगो लगाई प्याकिङ सहित यसै थन्किएर बसेको छ ।

पहिले गाउँपालिकाले इश्माको कोदोले बजार नपाएको भन्दै हल्ला समेत मच्चाए अहिले आफूसंग भएको कोदो गोदाममा थन्क्याएर बजारको चामल खरिद गरि बितरण गरेको हो । कोदो उत्पादन गर्ने किसानहरुलाई प्रति केजी ५० रुपैयाँका दरले सहकारी मार्फत गाउँपालिकाले लिएको हो ।

SHARE