नवलपरासीमा पहिरोले घर बगायो, दुई बेपत्ता

0
901
फाइल फोटो

साउन ६, २०७७ परासी : लगातार वर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासिको बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरिँदा दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
रातिको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको र घर समेत पुरेको उनका छोरा धनबीर सार्कीले जानकारी दिए। राति
करीब ३ बजे तिर घर माथिबाट ठूलो पहिरो आयो र बुबा र आमा बसेको घर नै सुतेकै अबस्थामा पहिरोले लग्यो र बुबा आमा नै बेपत्ता हुनुभयो ,बुबा आमा संगै घरमा रहेका बाख्रा ,कुखुरा,सबै पहिरोले पुरेको धनबीरले जानकारी दिए।
पहिरोले घर पुरेको र बुबा आमाको पहिरोले लगे पछि अब जिउँदो आशा नरहेको धनबीरले बताए। प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएको बताए।

SHARE