गुल्मीमा मास्क नलगाए एक सय जरिवाना

0
1052
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

साउन ६,२०७७ गुल्मी : गुल्मीमा घरबाट बाहिर निस्कदा मास्क नलगाउँनेलाई नियन्त्रणमा लिई एक सय रुपैयाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र यदि मास्क नलगाएमा नियन्त्रणमा लिई एक सय रुपैयाँ जरिवाना गर्न जिल्ला प्रहरी कार्यलय गुल्मीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
यस्तै सवारी साधनहरुमा सवार गर्ने यात्रुहरुले मास्क नलगाएमा स्वंयम सवारी धनी अर्थात चालकले जिम्मा लिनुपर्ने र प्रचलित कानून अनुसार कारवाही गरिने छ ।
यस्तै गुल्मीमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरि पसल ब्यबसाय संचालन गर्ने जिल्ला संकट ब्यबस्थापन समितिको निर्णय भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा कतिपय सवारी साधनहरुले अत्याधिक भाडा लिएको भन्ने गुनासो आएकाले यदि कसैले बढी भाडा लिएमा तत्काल नियन्त्रणमा लिई कानून अनुसार कारवाही गरेरै छाडने प्रशासनले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीले भने पहिलो चरणमा मास्क नलगाउनेलाई सम्झाई बुझाई मास्क किन्न लगाई लगाएर पठाउने गरेको जनाएको छ ।
मास्क नलगाउनेहरुमा सामान्य मजदुरी गर्नेहरु रहेको र उनीहरुलाई मास्क लगाउनु पर्छ भनेर सम्झाउने र मास्क लगाएर मात्रै पठाउने गरेको प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

SHARE