गुल्मीदरबार गाउँपालिकालाई सहकारीद्धारा भिटीएम किट

0
581

साउन ५,२०७७ गुल्मी : गुल्मीदरवार गाउँपालिकालाई २ वटा सहकारीले दूई सय थान पीसीआरका लागि आवश्यक पर्ने भिटीएम किट सहयोग गरेका छन् ।
गाउँपालिकालाई चारपाला बचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थाले एक एक सयका दरले किट उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
किट ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले सहयोग गर्ने सहकारीहरुलाई धन्यबाद ब्याक्त गरे । सहकारीहरुले गरेको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ठुलो सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

SHARE