नेकपा मुसिकोटले बर पिपल रोप्ने,पहिरो पीडितलाई राहत बाड्ने

0
733

रामकृस्ण कंडेल
साऊन५,२०७७ गुल्मी : नेपाल कम्युनिस्ट पार्टी नेकपा मुसिकोट नगर कमिटीको आयोजनामा नगरका प्रत्येक वडामा बर पिपल रोप्ने निर्णय भएको छ।
वामीटक्सारमा सम्पन्न नगर कमिटीको सचिबालय बैठकले यहि साऊन ७गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्वर्गिय पुस्पलालको स्मृति दिवशको अवसरमा वडा वडामा पार्टीको आयोजनामा चैपारी निर्माण गर्ने बर पिपल लगाऊने निर्णय भएको छ।
बैठकले केहि दिन अगाडि मुनपा भित्र आएको भिषण बर्षाको कारण भएको जन धनको क्षती प्रती दुख ब्यक्त गर्दै पार्टी कार्य कर्ताको सकृयतामा ऐच्छिक सहयोग संकलन गर्ने र संकलित रकम वडानं२मा सम्बन्धित पिडित पक्ष समक्ष यहि ८गते पार्टी मार्फत राहत सहयोग बितरण गर्ने निर्णय भएको छ।
यसै गरी संगठन लाई मजबुत बनाऊने,बिकास निर्माण कार्य लाई जनताको मन छुने गरी अगाडी बढाऊन नगर सरकार लाई सहयोग गर्ने,पार्टी नबिकरण तथा सदस्यता बितरण कार्य लाई तिब्रता दिने लगायतका महत्वपुर्ण निर्णय हरू गरिएको छ।
पार्टी र जनप्रतिनिधी हरू बिच को सम्बन्ध लाई थप मजबुत गराऊदै बिकास निर्माण कार्य लाई मुसिेकोट नगर भित्र जनताको मन जित्ने गरी सन्चालन गर्न स्थानीय सरकार लाई सहयोग गर्ने निर्णय भएको छ।
पार्टी संगठन लाई ब्यबस्थित गर्नको लागी आगामी सचिबालय बैठक बाट बिभाग हरू निर्माण गर्ने निर्णय समेत गरिएको छ।
नेकपा नगर सचिबालयमा वडा इन्चार्ज हरू,पार्टीका वडा कमिटी अध्यक्ष हरू र पार्टीको तर्फ देखी निर्बाचीत वडा अध्यक्ष हरू रहेका छन।
बैठकमा वडा ईन्चार्ज हरूले आ आफ्नो वडाको पछिल्लो अबस्था ब्रिफिड०गर्नु भएको थियो।बैठकले पार्टी संगठन लाई थप एकताबध्दका साथ अगाडी बढाऊने निर्णय गरेको बताईएको छ।
नगर ईन्चार्ज जीवन खरेलको प्रमुख आतिथ्यता,नगरप्रमुख शोमनाथ सापकोटाको प्रमुख आतिथ्यता,जिल्ला सचिबालय सदस्य हरी छन्तेल र जिल्ला सदस्य सीता भुसालको बिशेष उपस्थिती,नगर कमिटी अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता तथा नगर कमिटी सचिब अग्नीधर लोहनीको सन्चालनमा बैठक सम्पन्न भएको थियो।

SHARE