गुल्मीमा क्वारेन्टाइनको रुपमा प्रयोग भएका दुई सय ११ बिद्यालय खाली

0
493

तिलाचन पाण्डे
साउन ५,२०७७ गुल्मी :  गुल्मीमा क्वारेन्टाइनमा प्रयोग भएका तीन सय ३० बिद्यालयलायहरु मध्ये दूई सय ११ वटा बिद्यालयहरु खाली भएका छन् ।
अहिले एक सय १९ वटा बिद्यालयहरुमा ५०२ जना क्वारेन्टाइनमा रहेका छन् भने दूई सय ११ वटा बिद्यालयहरु खाली भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
खाली भएका बिद्यालयहरुलाई जिल्ला कोरोना संकट ब्यबस्थापन समितिको बैठककले स्यानेटाइजर गरि मर्मत तथा सरसफाई गर्नका लागि सम्बन्धित स्थानीय तहहरुलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
खाली भएका बिद्यालयहरुलाई अहिले सम्बन्धित स्थानीय तहहरुले मर्मत तथा सरसफाई गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
मनोबैज्ञानकि असर पर्न सक्ने
बिद्यालयहरुलाई क्वारेन्टाइन र आइसोलेशनका रुपमा प्रयोग गरेपछि अध्ययनगर्ने बिद्यार्थीहरुमा मनोबैज्ञानिक असर पर्न सक्ने गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले बताए ।
यसका लागि सकारात्मक सन्देशहरु गाउँमा लैजानुपर्ने र मिडियाहरु मार्फत सन्देश फैलाउन आवश्यक रहेको पच्याले बताए ।
आइसोलेशन र क्वारेन्टाइनका रुपमा प्रयोग भएका बिद्यालयहरुलाई डिस्इन्फेक्सन गरी ७२ घण्टा पश्चात सहजै रुपमा प्रयोग गर्न सकिने भएकाले आत्तिनु पर्ने अबस्था भने नरहेको उनले दाबी गरे ।
बिद्यालय खाली भएको १० दिन पछि मात्र संचालन गरिने
यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बिद्यालय खाली भएको १० दिन पछि मात्र बिद्यालय संचालन गर्ने दाबी गरे ।
एक हप्ता देखि १० दिन सम्म अभिभाबक र बिधार्थीहरुलाई कोरोनाको बारेमा प्रशिक्षण दिने र त्यस पछि मात्रै बिद्यालयहरुमा नियमित रुपमा पठन पाठन सुचारु गर्ने उनले दाबी गरे ।
गुल्मीमा पाँच सय ५३ जना कोरोना संक्रमितहरु मध्ये तीन सय ३७ जना उपचार पछि निको भएर घरफर्किएका छन् भने १३ जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ ।
कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाले ज्यान गुमाइसकेका छन् ।

SHARE