साउन ४,२०७७ गुल्मी : नेपाली काग्रेस गुल्मीले पहिरोका कारण घरहरु जोखिममा भएकाहरुलाई खाद्यन्न बितरण गरेको छ ।
गत असार १८ गतेको पहिरोका कारण घर जोखिममा परेका मुसिकोट २ का २२० घर परिवारहरुलाई नेपाली काग्रेस गुल्मीले खाद्यन्न बितरण गरेको नेपाली काग्रेस गुल्मीले जनाएको छ ।
यस बिपदको समयमा सरकारले ठोस कदम चाल्न नसकेको र गरिब पीडितहरुको पक्षमा नभएकाले नेपाली काग्रेस खाद्यन्न लिएर पीडितहरुकोमा गएको पार्टी सचिब खिलध्वज पन्थीले जानकारी दिए ।
पहिरोका कारण सडकहरु अबरुद्ध भएको , खानेपानीको समस्या संगै बिद्युत समेत अबरुद्ध हुँदा कसैको ध्यान नगएको काग्रेसले आरोप लगाएको छ ।