बर्दियामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा देखियो कोरोना

0
377

साउन ४, २०७७ बर्दिया : जिल्लामा शनिबार कोरोना संक्रमण पुष्टि भएका मध्ये स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी पनि रहेका छन्।
हिजो शनिबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका १० जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। नगरका ४ वडाका क्वारेन्टाइन, आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी एकएक जनामा समेत कोरोना भेटिएको हो।
नेपालगन्जको भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ठाकुरबाबा नगरपालिका क्षेत्रका उनीहरुमा संक्रमण भेटिएको हो।
नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई एकै दिन कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको आकस्मिक बैठकबाट नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिकबाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ।
यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउन्जेल सम्मका लागि स्थगित गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले जानकारी दिए।
संक्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएका व्यक्तिहरु हुन्। उनीहरुको पिसिआर विधिद्वारा स्वास्थ्य जाँच गर्दा पोजेटिभ देखिएको हो। संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै १ सय जनाको पिसिआर परीक्षण गर्नुपर्ने देखिएको छ।
त्यसमध्ये आइतबार ८६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ। अन्यको भने ५ दिनपछि स्वाब संकलन गरिने जनाइएको छ।
अहिले १ सय मध्येका १५ जना पत्रकारसहित अन्य सबै होम क्वारेन्टाइनमा बसिरहेका छन्। थाहाबाट

SHARE