नेत्रज्योति संघ, प्रदेश पाँचको सभापतिमा राणा

0
343

 

 

 

तिलाचन पाण्डे
भदौ २५ , २०७६ गुल्मी ः नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले साभापति पदमा रुपन्देही शाखाका सागरप्रताव राणालाई चयन गरेको छ ।
मंगलबार देखि गुल्मीमा आयोजना गरिएको प्रथम अधिवेशनले राणालाई सर्वसम्मत सभापति पदमा चयन गरेको हो ।
अधिबेशन ब्यवस्थापन समितिका सदस्य पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी , कोषाध्यक्षमा दाङ शाखाका लिला शाह निर्वाचित भएकी छन् ।
सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य , गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय सहित ९ सदस्य प्रदेश कार्य समिति गठन गरेको छ ।
अधिबेशन ब्यवस्थापन समितिका संयोजक तथा रेसङ्घाु नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले अधिवेशन गुल्मीमा सम्पन्न गर्न पाएको आफुहरुले ऐतिहासिक रुपमा लिएको बताए । कार्य समितिको कार्यअबधि २ बर्षको रहने छ ।

SHARE