पर्वतमा पहिरोले विद्यालय भत्कायो

0
477

साउन ४, २०७७ पर्वत : लगातारको वर्षासँगै गलेको जमिनमा पहिरो जाँदा पर्वतको मोदी गाउँपालिकाको एक विद्यालय नै भत्किने र पहिरोमा बग्ने जोखिममा परेको छ।
मोदी गाउँपालिका १ भुकताङ्लेमा रहेको झिलीबराङ आधारभूत विद्यालयका दुई भवनमध्ये एउटाको दुई कोठा भत्किएका छन् भने अर्को भवन नै बग्न सक्ने जोखिममा परेको छ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पौडेलका अनुसार विद्यालय भन्दा तल्लो भागमा पहिरो जाँदा दुई वटा कक्षाकोठा पूर्ण क्षति भएका छन् भने अन्य चार कक्षाकोठा रहेको भवन जोखिममा परेको छ।

SHARE